संसद्मा प्रधानमन्त्री बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न मिल्दैन : अर्जुननरसिंह केसी

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्मा प्रधानमन्त्री बोलेपश्चात् प्रमुख प्रतिपक्षी दलले बोल्न नमिल्ने बताएका छन्। शुक्रबार बजेट माथिको छलफलमा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो प्रकृयामा सभामुख माथिको भूमिकामा प्रश्न उठाए।

“संसद्को संरक्षक सभामुख हा । उहाँलेनै हो संसद् र विशेष अधिकारको संरक्षण गर्ने। तर कुनै पनि संसद्को एक भोटले होस् वा सय भोटले होस् प्रधानमन्त्री संसद्को नेता हो। सार्वजनिक प्रस्ताव दर्ता भएपश्चात् सवाल जवाफ गरेर प्रमुख प्रतिपक्षालाई बोल्न दिन हुँदैन,” उनले भने।

सांसद केसीले यसरी परम्परा बसाउँदै लगे भविष्यमा कस्तो नजिर बस्छ भन्दै त्यसतर्फ ध्यान पुर्‍याउन अनुरोध समेत गरे। “प्रमुख प्रतिपक्षी दलको नेताको सम्मानित भूमिका छ त्यसमा मेरो कुनै विवाद होइन। तत्कालै बोल्न दिने कुरा जुन् यो संसद्मा स्थापित गर्ने कुरा भएको छ यो परम्परा ठिक होइन,” उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्