चितवन। समाजवादी प्रेस संगठन नेपाल चितवनको जिल्ला अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन भएका छन्। भरतपुरमा बुधबार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा रामु आचार्य, महिला उपाध्यक्षमा सरस्वती लामा, सचिवमा विशाल आलेमगर, कोषाध्यक्ष बविलाल तामाङ, सह–सचिवमा विजय चौधरी चयन भएका छन्।
सदस्यहरूमा उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन भएका छन्। संगठनको केन्द्रीय महाधिवेशन जेठ २६ र २७ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि सरस्वती लामा, रामु आचार्य, दिलु नेपाल र विशाल आलेलाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुलीले लहैलहैमा लागेर पत्रकारले परिकारिताको इथिक्स विर्सिएको बताए। स्वतन्त्र प्रेस डगमगायो भने मुलक अस्थिरता धकेलिने भन्दै उनले पत्रकारलाई आफ्नो धर्म नबिर्सिन आग्रह गरे।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, जिल्ला सचिव कुलप्रसाद लामिछाने, पार्टीका जिल्ला सहसचिव नरेन्द्र कन्दवाङ, सुचना पुनराबेदन समितिमा अध्यक्ष हरि अधिकारी, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष देउजा, क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रेम कँडेल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए। उपाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तब्य राखेको सो कार्यक्रम सचिव रामु आचार्यले सञ्चालन गरेका थिए।



लोकपाटी न्यूज
