नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा नेमकिपाको विरोध प्रदर्शन

लोकपाटी न्यूज

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रदर्शन गरेको छ। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नेमकिपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए। नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा कोटेश्वरदेखि निकालिएको र्‍याली संसद् भवन अगाडि पुगेर विरोधमा उत्रिएको हो।

देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाका आरोप छ। उसले प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्ने, एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने मागसमेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्