शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

Prakash_Sharan_Mahatd
लोकपाटी न्यूज

काठमाडौं। नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए।

चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो। त्यस्तै प्रदेशमा पाँच अर्ब ३२ करोड र स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्