काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो।
बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। बैठक केही बेरमा सुरु हुनेछ।



लोकपाटी न्यूज

