नागरिकताका विषयमा मुद्दा हालेर इरिटेट गराए : रवि लामिछाने

Rabi lamichhane pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरेको बताएका छन्। लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गरेका थिए।

युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए। बिहीबार बिहान लामिछानेले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको उल्लेख गरेका छन्।

यस्तै, लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनःकायम गराएको बताएका छन्। त्यसैगरी अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको लामिछानेको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्