मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन दिँदैनौं : बालेन शाह

Balendra_Sah_Balen
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताएका छन्। मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।

अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उनले विज्ञप्तिमा आवश्यकता र औचित्यको आधारमा कार्यकारीणी शक्तिको प्रयोग गरेर विधिको शासन स्थापित गर्ने बताए।

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने र रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको उनको भनाइ छ। अनाधिकृत निर्माण, अतिक्रमण तथा गलत प्रयोगलाई रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको पनि उनले प्रष्ट पारेका छन्।

अनाधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकारको प्रयोग गरेको उनको भनाई छ। अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको दायित्व भएको समेत जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्