काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९७ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
