नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

Biddya Bhattrai
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा उपसभामुखमा प्रमुख प्रतिपक्षी दल एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्। बिहिबार पार्टीका तर्फबाट भट्टराईले संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।

एमाले सचेतक शान्ता चौधरी प्रस्तावक र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन्। यसअघि एमालेले लोसपाको उम्मेदवारलाई समर्थन गर्ने जनाएको थियो। तर, अन्तिममा एमालेले भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको हो।

सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्