कांग्रेसले आफ्ना जनप्रतिनिधिहरुको मूल्यांकन गर्छ : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्। भक्तपुरमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको बताए। उनले अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

‘पार्टीले स्थानीय तह निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको छ। अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ,’ उनले भने। थापाले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गरे। यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनको भनाइ थियो।

थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने पनि बताए। कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए।

केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ छ। ‘एक वर्षमा कामको मूल्यांकन गर्छौं। कामको आधारमा रिपोर्ट कार्ड बनाउँछौं,’ उनले भने,‘तपाईहरु मेयर साब हुन छोडिदिनुस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्