अन्तरिक्ष यात्रामा चीनको अर्को सफलता, यी हुन् उपलब्धि

chin
लोकपाटी न्यूज

बेइजिङ। चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्वजनिक गरेको छ।

यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसनमा सफलता हो। अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य-चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ।

चीनले संयुक्त राज्य अमेरिका र रुसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ।

माओको प्रतिवद्धता

सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं। यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।

मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल भएका थिए।

प्रक्षेपण नजिकिँदै जाँदा, मिसनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो। याङले शेन्झाउ-५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए। चीनले त्यसबेलादेखि सात वटा चालक दलका मिसनहरू सुरु गरेको छ।

‘विशेष सपना’

राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ। बेइजिङले वर्षौंदेखिको अन्तरिक्ष यात्राको प्रयासमा कोसेढुंगा साबित भएपछि अन्ततः अन्तरिक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रुससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ।

अन्तरिक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ र देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालक दलित चन्द्र मिसन सुरु गर्नु हो।

तर सन् २०१७ मा शक्तिशाली हेभी-लिफ्ट रकेट लङ मार्च-५ वाई-२ ले सञ्चार उपग्रहहरू अक्षमा पठाउने मिसनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो। त्यसले गर्दा चाङए-५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गर्नुपरेको थियो। सन् २०१७ को दोस्रो कालमा चन्द्रमाको नमूना संकलन गर्ने निर्धारित लक्ष्य चीनको रहेको थियो।

जनवरी २०१९ मा अर्को रोबोट, चाङए-४, पहिलो पटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो। त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झन्डा फहराउन चीन सफल भएको थियो।

मानव रहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो। यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा संकलन गरिएको चन्द्रमाको पहिलो नमूना हो। फेरि सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहका पाँच टन पहिलो तस्बिरहरू टियानवेन-१ द्वारा पठाइएको थियो। त्यसपछि मे महिनामा मार्सियन सतहमा रोभर अवतरण भयो जसले पछि रातो ग्रह (रेड प्लानेट) को सतह पत्ता लगाउन थालेको छ।

आकाशमा दरबार

सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन्। अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेशनमा पुगेका र अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दल मिसनमा सहभागी भई पृथ्वीमा फर्किएका छन्।

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ ‘स्वर्गीय दरबार’ निर्माणका लागि धेरै भागहरू ल्याउन र अक्षमा एकत्रित गर्न जम्मा ११ मिसनहरूको आवश्यकता पर्नेछ। एक पटक पूरा भएपछि, यो कम्तीमा १० वर्षसम्म हाम्रो ग्रहभन्दा ४०० देखि ४५० किलोमिटर (२५० देखि २८० माइल) माथि न्यून पृथ्वीको अक्षमा रहने आशा गरिएको छ- अन्तरिक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्ने महत्वाकांक्षा चीनमा थप बलियो बन्दै गएको छ।

चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको स्केलमा विश्वव्यापी सहयोगका लागि आफ्नो अन्तरिक्ष स्टेशन प्रयोग गर्ने योजना नगरे पनि बेइजिङले भने विदेशी सहयोगका लागि खुला रहेको बताएको छ। यो सहयोग कत्तिको व्यापक हुनेछ आगामी दिनले पुष्टि गर्दै जानेछन्। -रासस/एएफपी