आसन्न निर्वाचनको लागि रुपन्देहीबाट ३८ दल प्रतिस्पर्धामा

Nirwachan-Election
लोकपाटी न्यूज

भैरहवा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीबाट राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको रुपमा सक्रिय छन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएको जनमत पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टीले पनि निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन्।

यस्तै, समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली काँग्रेस (वीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

अघिल्लो निर्वाचनको तुलनामा रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका छन्। २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले बढेर एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन्। मतदातामध्ये तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्