रुसमा विलय हुनसक्ने विद्राेही नेताकाे भनाइ

लोकपाटी न्यूज

काठमाडौं। युक्रेनको पूर्व डोनेत्स्क जनगणतन्त्रले रुसमा विलय गर्ने विषयमा तयारी गरेको बताइएको छ। सन् २०१४ देखि रुसी भाषी युक्रेनी विद्रोहीको नियन्त्रणमा रहेको त्यस क्षेत्रसहित लुहान्स्कलाई पनि रुसले हालै स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो।

डोनबास क्षेत्रमा रहेको डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई युक्रेनको नियन्त्रणमा लिनको लागि युक्रेनी सेना र विद्रोही सेनाबीच निरन्तर रुपमा हिंसात्मक लडार्ईं भैरहेको छ। पूर्वी युक्रेनको अखण्ड डोनेत्स्कलाई पूर्णरुपमा नियन्त्रणमा लिएपछि रुसमा विलय हुने विद्रोही नेता डेनिस पुसिलिनले बताएकाे स्थानीय समाचारलाई उदृत गर्दै अलजजिराले जनाएको छ।

गणतन्त्र डोनेत्स्कको संवैधानिक सिमाना निर्धारण गर्नु मुख्य कार्यभार बनको छ, त्यसपछि हामी रुसमा विलय हुने हो।’ पुसिलिनको भनाइ राख्दै डोनेत्स्क समाचार समितिले प्राथमिकताका साथ समाचार छापेको छ।

रुसले यसअघि सन् २०१४ मा दक्षिण युक्रेनी भूभाग क्रिमिया द्वीपको प्रदेश सरकारको संसदले बहुमतका साथ युक्रेनबाट स्वतन्त्र राष्ट्रको रुपमा घोषणा गर्दै रुसमा विलय गरेको थियो।