रुसले इन्धन डिपोमा हमला गरिरहेकाे छ : युक्रेनी सेना

लोकपाटी न्यूज

एजेन्सी। रुसी सेना युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन्। उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन्।

हालैका दिनमा राजधानी किभ, साथै लविव, रिव्ने, जाइटामिर र लुत्स्कजस्ता थुप्रै शहरमा इन्धन डिपो कथित रुपमा प्रभावित भएका छन्।

युक्रेनी सेनका अनुसार रुसी सेना राजधानी किभ, दक्षिण पूर्वमा जाफोरिज्जिया, दक्षिणमा खेरसान र पूर्वमा खारकिभमा सर्वसाधारण लुटिरहेका छन्, अपहरण र नागरिकलाई बन्धक बनाएर धम्काइरहेका छन्।

बीबीसीले यी दाबीको तुरुन्त पुष्टि नगर्ने बताएको छ। तर यसै हप्ताको सुरुमा बीबीसीले एक रिपोर्टमार्फत् केही युक्रेनी नागरिकलाई मनोमानी ढङ्गले हिरासतमा लिइएको र रुसी-नियन्त्रित क्षेत्रबाट मानिसहरु गायब भइरहेको जानकारी भने दिएको थियो।