स्थानीय चुनावमा के होला एमालेको ‘पोजिशन’, यस्तो छ गण्डकीको प्रक्षेपण

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले केन्द्रीय समितिको तेस्रो बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ। बिहीबारसम्म चल्ने बैठकमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन्। विशेष गरी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल भइरहेको छ।

प्रदेश कमिटी अध्यक्षहरूले पार्टीको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। त्यसक्रममा एमाले गण्डकी प्रदेशले आसन्न स्थानीय तह निर्वाचनमा प्रदेशमा सिट संख्या घट्ने प्रक्षेपण गरेको छ। प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गुम्न सक्ने बताए।

२०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो। अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा रिपोर्टिङ गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्