‘नेतृत्व परिवर्तन आवश्यक छ, काेइरालालाई भाेट हाल्नुस्’

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले सभापतिमा शेखर कोइरालालाई मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई अपील गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै थापाले नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै कोइरालालाई मतदान गर्न आग्रह गरेका हुन्।

‘तपाईँको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान विन्दु हुनेछ। एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपील गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

उनले नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दूरगामी महत्वको निर्णय गर्ने क्षण भएको बताएका छन्। उनले भनेका छन्, ‘यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आह्वान गरिरहेको छ। देशभरि छरिएर रहेका कांग्रेसजन, शुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन्। इतिहासको आह्वानलाई स्वीकार्दै आम अपेक्षाअनुरुप कांग्रेस पुनःर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। त्यसको आरम्भ आज तपाईँको मतमार्फत् हुनेछ भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्