काठमाडाैं। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अहिलेको तालिका कसैले चाहेर पनि सार्न नसक्ने बताएका छन्। उनले समयमै महाधिवेशन गर्न नसके पार्टी वैधानिक रुपमा नै संकटमा पर्ने उल्लेख गर्दै पार्टीको अस्तित्व जोगाउन कुनै हालतमा तोकिएको समयमा महाधिवेशन गर्नु पर्ने बताएका हुन्।
नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा पुगेका थापाले महाधिवेशन सकेर पुसको पहिलो साताभित्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने उल्लेख गरे।
उनले भने ‘१३ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारीलाई अब निर्वाचन आयोगले चिन्दैन, मान्दैन। यो अवस्थामा अब कुनै पनि बहानामा महाधिवेशनको मिति सर्दैन।’ अधिवेशन कसैलाई तिक्तता नबढाउने खालको हुनेपर्ने उनको भनाई थियो।



लोकपाटी न्यूज

