संघीय व्यवस्थालाई बलियो बनाउनु पर्छ : नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेता नेपालले राज्यको विभिन्न निकायकोबीचमा अधिकार र कर्तव्‍यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे। गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानुनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सवैको कर्तव्य भएको उनले बताए।

देशमा जनता सुखी र मलुक समृद्धि होस भन्ने सवैको चाहना रहेको उनको भनाइ छ। नेता नेपालले संघीय, प्रदेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सवै जनताले यसको महशुस गर्नेगरी सवै तहले काम गर्नुपर्ने जिकिर गरे।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताए। उनले शंकमुलमा बिधुतीय शवदाह निर्माण गर्ने काम सुरु गरिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्