साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति

Gathabandhan_Deuba_Prachanda_Yadav
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको हो।

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ। तर सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

‘सरकार विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको हो,’ उनले भने, ‘पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको छ।’

सोमबार छलफलमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए। शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको काँग्रेस महामन्त्री खड्काले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्