काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन्। उनले राजीनामाको कारण भने खुलाएका छैनन्।
प्रवक्ता राईले वरिष्ठ उपाध्यक्षको रोहवरमा एन्फाको प्रबक्ताबाट राजीनामा बुझाइको जानकारी फेसबुकमार्फत् दिएका हुन्।
राईले लेखेका छन, ‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्ष ज्युलाई वरिष्ठ उपाध्यक्षज्युको रोहवरमा एन्फाको प्रबक्ता बाट राजीनामा बुझाइयो।’



लोकपाटी न्यूज

