’भर्सटाइल’ सजना

sajana bastola
लोकपाटी न्यूज

काठमाडौं। सजना बस्तोला नेपाली सांगीतिक दुनियाँको प्रतिभाशाली नाम हो। उनको जादुमयी स्वरको जति प्रसंसक जत्तिकै उनको सुन्दरताको प्रसंसा गर्नेहरु पनि भेटिन्छन्। २०६६ पछि मात्रै सांगीतिक दुनियाँमा आएकी उनी पछिल्लो समयकी रुचाईएकी मोडल समेत हुन्।

छोटो समयमै स्टेज पर्फमेन्समा जमेकी सजना सालिन र भद्र गायिकाका रुपमा चिनिन्छिन्। सफल भन्दा पनि नेपाली संगीत र समाजको मुल्य,मान्यता बुझेकी असली गायिका हुन्, सजना।

pic 2

उनले लेखेका, गाएका गीतमा चोट छ, आँसु छ, पीडा र दर्द छ। मिलन–विछोड, घात प्रतिघात छ, त्यो भन्दा बढि प्रेम छ, आशा र रुमानी यादहरु छन्। उनको म्युजिक भिडियोमा परिवार छ, समाज त्यो भन्दा बढी संस्कृति छ। समग्र देश छ।

pix

अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी उनी गीत रचनामा पनि दक्खल राख्छिन्। लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन्। छमछमी नाचेकी छिन्, धरधरी रुवाएकी पनि छिन्।म त गीत गाउँदै हिड्ने मान्छे बाट सँगीतिक बजारमा उत्रिएकी ‘भर्सटाइल’ गायिका बस्तोलालाई “नखोज भाउ“ चिनायो। याद, रात बित्यो सूर्य उदायो, ज्यान खायो तिम्रै पीरले, डाँडा गाँउकी राममाया लगायत उनले गाएका गीत हुन्।

मेहनतका साथ संगीत यात्रालाई निरन्तरता दिएकी बास्तोला संचार क्षेत्रमा पनि जोडिएकी छिन्। पोखराकै माछापुच्छ्रे एफएममा उनी लोक दोहोरी गीतको कार्यक्रम चलाउछिन्। गीत गायन, लेखन,मोडलिङमा जमेकी सजना पोखरा टेलीभिजनको दोहोरी जम्काभेटमा हरेक दिन भेटिन्छिन्।

लोक गीत : समाजको गीत

गीतकार समेत रहेकी गायिका बास्तोलाले लोक गीतलाई समाजको गीतको रुपमा अर्थ्याइन्। ‘लोकगीत समाजको गीत हो यो समाजले गाएको हुन्छ, समाजले बँचाएको हुन्छ’ उनले भनिन् समुदायको साझा पहिचान पनि भएकाले लोकगीत पूस्तौ पूस्तादेखि हस्तातरित हुँदै आएको सांस्कृति हो।

चर्चाका लागि अनेक उपाय अपनाउने शैली उनलाई मन पर्दैन। गीत, संगीत मनोरञ्जनको माध्यम भए पनि मनोरञ्जनका नाममा उत्तेजना फैलाउने प्रवृत्तिका गीत घातक हुने उनको बुझाइ छ।

‘गायक वा गायिकाले कला र गला देखाउने हो’,बास्तोला भन्छिन्, ‘समाजमा विकृति ल्याउने, उत्तेजना फैलाउने गीत धेरै टिक्दैन।’ बर्खामा जहाँ पनि भेल आउने कुराप्रति संकेत गर्दै उनी भन्छिन्, ‘कला, साहित्य, संगीत भनेको जीवन्त, शालीन र मधुर हुनुपर्छ।’

नेपाली गीतसंगीत सँगसँगै नेपाली संस्कृति पनि जोगाउनुपर्छ भन्ने भावना बोकेकी सजनाको आफ्नै रचनामा एउटा फरक शैलीको गीत “माया विरानो“ चाडै श्रोता,दर्शकमाझ आउदैं छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्