काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सकभर आजै मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका उनी निकट स्रोतले जनाएको छ। तर आफ्नो पार्टी कांग्रेससहित गठबन्धन दलका अरु नेताले पनि सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन सकेका छैनन्। यसले मन्मिण्डल विस्तारमा असर परेको हो।
यसैबीच, नेपाली कांग्रेसमा तीन पक्ष, संस्थापन पौडेल र सिटौलाले आ-आफ्ना मान्छे सरकारमा पठाउन तयारी गरेका छन्। तर आकांक्षी बढ्दा नेताहरुलाई मिलाउन कठिन भइरहेको बताइएको छ। यस पटक मन्त्री हुनेको दौडमा देउवा पक्षबाट नेताहरु डा. नारायण खड्का, पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा चलिरहेको छ।
पौडेल पक्षबाट भने सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत छन्। सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको नाम चर्चामा रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको एक महिना हुन लाग्दा पनि मन्त्रिपरिषद नै घोषणा गर्न नसकेपछि टिका टिप्प्पणी बढ्न थालेको छ। चार मन्त्री र पछि थपिएका स्वास्थ्य राज्यमन्त्रीसहित मन्त्रिपरिषदमा जम्मा ६ जना छन्।



लोकपाटी न्यूज

