काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।
सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिए पनि थप छलफल गर्न बैठक बोलाइएको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जसपाले ६ मन्त्रालय दाबी गरेको छ। ६ मन्त्रालयमा कुरा मिले बिहीबार नै सरकारमा सहभागी हुने सम्भावना रहेको नेता राईले जानकारी दिए।



लोकपाटी न्यूज

