रेशम चौधरी पुगे निर्वाचन आयोग

Resham-chaudhari pic
लोकपाटी न्यूज

काठमाडौं। टीकापुर घटनामा निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन्। सोमबार जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्यको सनाखतका लागि चौधरी आयोग पुगेका हुन्।

उनलाई डिल्लीबजार कारागारबाट आयोग लगिएको हो। नेता चौधरी सोमबार दिउँसो कडा सुरक्षाका बीच आयोग पुगेका थिए।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने बुझिएको छ। यसअघि आयोगले सनाखतका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित हुन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्