पौडेलले बोलाए आफूपक्षीय नेताको बैठक

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडौं। शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मंगलबारका लागि तोकिएको वडा अधिवेशन स्थगित गरेपछिको रणनीति तय गर्न नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्‍जमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा वडा अधिवेशन स्थगितपछिको अवस्था, समूहको अगामी रणनीति र क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएको विवादबारे छलफल हुनेछ। बैठकमा नेता पौडेलसहित महामन्त्री डा. कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिमा समूहका तर्फबाट सदस्य बनेकाहरूलाई पनि बोलाइएको एक नेताले बताए। क्रियाशील सदस्यता विवादले साउन १२ मा तोकिएको वडा तहको अधिवशेन स्थगित भइसकेको छ। पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भदौमा महाधिवेशन हुनेमा पौडेल पक्षले आशंका गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्