प्रचण्ड-नेपालबिच भेटवार्ता

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्न पुगेका थिए।

नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ। प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरूले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्