काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक बस्दै छ। बिहान ११ बजे संसदीय दलको र दिउँसो १ बजे कार्यकारिणी सदस्यको बैठक बस्न लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
बैठकमा पार्टी विवादका सम्बन्धमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको मुद्दाका सम्बन्धमा छलफल हुने उनले जनाए। आयोगको हेडकाउण्ट गर्ने निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट दायर गरेका छन्।



लोकपाटी न्यूज

