काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। उनले ११ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट ३ जना र नेपाली कांग्रेसबाट ३ जना गरी ६ जना थपेका हुन्।
माओवादी केन्द्रका रामजी बराल ‘जीवन’लाई अर्थ, बाग्लुङका चन्द्रबहादुर बुढालाई भूमि ब्यवस्था तथा कृषि र स्याङ्जाका दीपक चर्तीमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, नेपाली कांग्रेसका विन्दुकुमार थापालाई कानून, मणिभद्र शर्मा कँडेललाई सञ्चार तथा प्रदेश मामिला र मेखलाल श्रेष्ठलाई सामाजिक विकास मन्त्री बनाइएको छ।
माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई यसअघि नै खेलकूद मन्त्री बनाइएको छ।
मन्त्रिपरिषदको सूची
१) मुख्यमन्त्री- कृष्णचन्द्र नेपाली पोखरेल (नेपाली कांग्रेस), २) भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था- कुमार खड्का, प्रवक्तासमेत (नेपाली कांग्रेस), ३) अर्थ- रामजी बराल (माओवादी केन्द्र), ४) ऊर्जा, जलस्रोत तथा खानेपानी- हरीशरण आचार्य (जसपा), ५) युवा तथा खेलकुद- राजीव गुरुङ (दीपक मनाङे) (स्वतन्त्र), ६) पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति- मणिभद्र शर्मा कण्डेल (नेपाली कांग्रेस)
७) शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास- मेखलाल श्रेष्ठ (नेपाली कांग्रेस), ८) स्वास्थ्य तथा जनसंख्या- मधु अधिकारी (गुरुङ) (माओवादी केन्द्र), ९) भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण- चन्द्रबहादुर बुढा (माओवादी केन्द्र), १०) कानून, सञ्चार तथा प्रदेशसभा मामिला- विन्दुकुमार थापा (नेपाली कांग्रेस), ११) वन, वातावरण तथा भूसंरक्षण- दीपक चर्तीमगर (माओवादी केन्द्र)



लोकपाटी न्यूज

