बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानिलकण्ठमा जारी छ। शुक्रबार बिहान १० बजेपछि बैठक बसेको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।

पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन। आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्