माधव नेपालले ब्यूँताए १२ वर्षअघि पीभी

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन्। एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो।

बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो। नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन्। पीभीको इन्चार्ज सन्जीप राई र सचिव मनोज खत्री चयन भएका छन्।

अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पीभी घोषणा गरेका हुन्। पीभी घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्