ओली सरकारले सिफारिस गरेका ११ राजदूतको नियुक्ति रद्द

Deuba_cabinet
लोकपाटी न्यूज

काठमाडौं। सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। ‘जेठ १ गते ११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ,’ आज बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने।

अघिल्लो सरकारले गत जेठ १ गते अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, ब्राजिकलका लागि नारायणप्रसाद संग्रौला, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, रूसका लागि जंगबहादुर चौहान, डेनमार्कका लागि सुमित्रा सुवेदी, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, साउदी अरेबियाका लागि मेराज मुसलमान र बहराइनका लागि यूवराज कार्कीलाई राजदूत सिफारिस गरेको थियो।

यी मध्ये बहराइनका लागि सिफारिस गरिएका कार्कीको नियुक्ति सर्वोच्च अदालतबाटै खारेज भएको थियो। मन्त्री भैसकेकालाई स्नातक पास गरेको योग्यता नचाहिने गरी नियमावली संसोधन गरेर उनलाई नियुक्ति गरिएको थियो। उक्त संसोधित नियमावली सर्वोच्चले खारेज गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्