स्वास्थ्य सचिवको लागि ३ को नाम सिफारिस

Roshan-pokharel-dipendra-raman-singh-and-mahendra-shrestha
लोकपाटी न्यूज

काठमाडौं। बढुवा समितिको बैठकले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो। समितिको सिफारिसपछि सम्भवत अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने छ।

तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो। त्यसयताको झण्डै साढे तीन वर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्