प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिन्छौं : ठाकुर

mahantha_thakur
लोकपाटी न्यूज

काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरूलाई सत्ता जोगाउनका लागि मात्र प्रयोग गरिएको गुनासो गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलको क्रममा ठाकुरले सत्ताको खेलमा आफूलाई पार्ने गरिएको गुनासो गरे।

उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पनि बताए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु। र, मेरो हार्दिक शुभकामना पनि छ। उहाँले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा मत दिन्छु,’ उनले थपे, ‘मत तपाईंहरूलाई दिन्छौं तर हामी आफू घायल बनिरहेका छौं।’

देउवा जनताको मतले नभई सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको उनको टिप्पणी थियो। उनले भने, ‘प्रधानमन्त्री परमादेशले बनेको हो, जनताको मतले बनेको होइन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्