देउवाले बोलाए संसदीय दलको बैठक

Sher_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी बोलाइएको हो।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो। ३ गतेबाट हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री देउवाले सांसदहरूसँग सुझाव लिने र सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल हुने भुसालले जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्