कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा क्रियाशील छानविन समितिको कामबारे जानकारी

Ramchandra poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।

क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन्।

पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए।

क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्