अल्पमतमा रहेर ओलीले छलकपट गरि बहुमतमाथि शासन गरे :कांग्रेसमा नेता खतिवडा

ramhari-khatiwada-4
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली कांग्रेसमा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा रहेर पनि छलकपट गरेर बहुमतमाथि शासन गरिरहेको बताएका छन् । खतिवडाले अ‍ोलीले अदालतलाई समेत ढाँटेको बताएका छन् ।

खतिवडाले सामाजिक सञ्जालमार्फत जबर्जस्ती ३३ प्रतिशत भएका ओलीले ६६ प्रतिशतभन्दा माथिलाई शासन गरेर पनि सर्वोच्च अदालतलाई आफू वैधानिक भएको भनेर ढाँट्न सफल भएको बताए। संसदीय व्यवस्थामा ५१ प्रतिशतले ४९ प्रतिशतलाई शासन गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सबैलाई ढाँटेर शासन गरिरहेको खतिवडाको आरोप छ। उनले ओलीसँग जबर्जस्ती ३३ प्रतिशतमात्रै भएको बताए।

खतिवडाले अब अदालतले ओलीलाई अवैधानिक भन्नुपर्ने बताए। उनले संसद विघटनको मुद्दाको फैसलामार्फत ओली हट्नुपर्ने भन्दै लेखेका छन्, ‘२८ गतेको फैसला संविधानको र संसदीय व्यवस्थाको पक्षमा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्