अभिनेत्री जेनी कुवँरको आर्यघाटमा अन्त्येष्टी

jeni1_
लोकपाटी न्यूज

काठमाडौं। बिहीबार राति आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिए।

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, आइडल डिजाइनरका सुन्दर श्रेष्ठलगायत थुप्रै कलाकर्मी पुगेका थिए। उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो।

बिहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन्। ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो। शवसँगै उनले ‘डिप्रेशनको शिकार’ भएको नोट समेत राखेकी थिइन्। नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै मृत्युमा कसैलाई दोष नदिन र आफ्नै हिसाबले मृत्यु रोजेको भनेकी छन्। उनका दुई छोरी र श्रीमान रहेका छन्। छोरीहरू भने अहिले अमेरिकामा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्