काठमाडौंसहित देशभर भारी वर्षा : आज यी नदीमा बाढीको सम्भावना

saptakosi
लोकपाटी न्यूज

काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ।

यस्तै अविरल वर्षासँगै फेरि बाढीपहिरोको घटना बढेका छन्। बुधबारबाट भारी वर्षा हुन थालेपछि ठूला तथा साना नदीमा जल सतह बढेको छ भने पहाडी क्षेत्रमा पहिरो खस्न थालेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने छ।

’केहीमा सतर्कता तह पार गर्न सक्ने, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढ्ने र यिनका केही स–सना सहायक नदीहरुमा आकस्मिक वहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ।

 

213040807_4435955139782778_5297882865709639718_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्