३१ वर्षीय प्रहरी जवान बेपत्ता

Mohan-Kunwar-pic
बेपत्ता भनिएका प्रहरी जवान मोहनसिंह कुँवर
लोकपाटी न्यूज

गोरखा। जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन्। कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए।

हराएको यत्तिका दिन भइसक्यो, घरमा पनि सम्पर्कमा छैनन्’, एसपी खनालले भने। गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ पुग्न एकदिन मोटरबाटो र चार दिन पैदल हिँड्नुपर्छ। गत असार १ गते लगातार परेको वर्षाका कारण सामागाउँ जाने बाटोअन्तर्गत पर्ने हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडालगायत क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको थियो। त्यस दिन गएको पहिरोका कारण अवरुद्ध बाटो अहिलेसम्म पनि सुचारु भएको छैन।

कुँवरको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरी खोज्ने काम गरिरहेको एसपी खनालले बताए। गत चैतदेखि प्रहरी चौकी सामागाउँमा सेवारत कुँवर ११ वर्षअघि प्रहरी सेवामा भर्ना भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्