काठमाडौं। नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।
निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ। मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ।



लोकपाटी न्यूज

