श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

pic
लोकपाटी न्यूज

काठमाडौं। माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य, सुनसरी सम्पर्क मञ्चका उपाध्यक्ष, सम्पर्क समन्वय कमिटीका प्रदेश न.१ का सदस्य श्याम कुमारी माझीको निधन भएको १३ औं दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न भएको हो।

शनिबार बालकुमारीस्थित खन्ना गार्मेन्टमा आदिवासी जनजाती महासङ्घका केन्द्रीय संयोजक सुरेश आले मगरको प्रमुख आतिथ्यता एवं मोर्चाको महासचिव उर्मिला माझीको अध्यक्षतामा श्रद्धाञ्जली कार्यक्रममा गरिएको थियो।

शोक सभामा बोल्दै सम्पर्क समन्वय कमिटीको तर्फबाट प्रदेश नं.१ को सचिव ध्रुब आङ्दाबेले स्वर्गीय माझीको निधनले मोर्चालाई अतुलनीय क्षती पुगेको बताएका थिए। ७० जना उपस्थित उक्त शोक सभा कार्यक्रम मोर्चाका सचिवालय सदस्य घनश्याम माझीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्