काठमाडौं। भोलीदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्ने भएका छन्। काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो।
त्यस्तै बैठकले काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ।
त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन। सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज सकिँदैछ। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।



लोकपाटी न्यूज

