काठमाडौं। जेठ २० गतेदेखि अपि पावरले निष्कासन गरेको हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन हो।
कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर ९ गतेसम्म बिक्रि नभएपछि १३ गतेसम्म खरिद गर्ने समय थप गरेको थियो। २९.३८ प्रतिशत हकप्रद शेयर खरिदका लागि आजसम्म आवेदन दिन सकिन्छ। कम्पनीको हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बैशाख २९ गते बुक क्लोज गरेको थियो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा सस्थाले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रि गर्न लागेको हो।
कम्पनीको अनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउने भएका छन्।



लोकपाटी न्यूज
