भेरोसेल खोपको दोस्रो डोज असार २२ देखि सुरु गर्ने तयारी

covid-19, Corona vaccine
लोकपाटी न्यूज

काठमाडौं। कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेदेखि दोस्रो डोज लगाइने भएको छ। जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो।

स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ। खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने जानकारी दिए।

अघिल्लो खोप अभियानमा भेरोसेल खोपको पहिलो डोज लगाएका र दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने भएका छन्। पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्