कोरोनाबाट बागलुङमा दुईको मृत्यु

coronadeath
फाइल तस्वीर
लोकपाटी न्यूज

बागलुङ। बागलुङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा बागलुङ नगरपालिका-३ का ८२ वर्षीय पुरुष र बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय पुरुष रहेका छन्। गत जेठ १९ गते अस्पतालमा भर्ना भएका बडिगाडका पुरुषको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

बागलुङ नगरपालिकाका ८२ वर्षीय वृद्धलाई भने सोमबार मात्रै अस्पताल भर्ना गरिएको थियो।
मंगलबार बागलुङ नगरपालिका–३ को एउटै टोलमा ३५ जनामा कोरोना पुष्टि भएको छ।छिमेकीको विवाहमा सरिक भएको दुई सातापछि उनीहरुमा कोरोनाको लक्षण देखिएको थियो। नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार उक्त टोल सिल गरिने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्