गोरखा। युवा व्यवसायी दुर्गालाल श्रेष्ठले गोरखा जिल्लाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन्। गोरखा आँपपिपलमा जन्मेका व्यवसायी श्रेष्ठले गोरखाको पालुङटार नगरपालिका-२ स्थित हर्मीकोट, ओडारे, दार्मीचौर, थापागाउँ, आँपपिपल भञ्ज्याङ, रिपगाउँ, बिजुलीडाँडा तथा केउरेनीको राई गाउँसहित ११ स्थानमा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन्।
कोरोना महामारीका बीचमा गत शुक्रबार र शनिबार उक्त क्षेत्रमा २० हजार मास्क, स्यानिटाइजर, सिटामोल र भिटामिन सी लगायतका औषधि वितरण गरिएको वडाअध्यक्ष लोकनाथ वाग्लेले बताए।
श्रेष्ठले पालुङटार नगरपालिका-३ को डुम्रेडाँडा र पालुङटार-८ धुँवाकोटमा पनि स्वास्थ्य सामाग्री वितरण गरे। विपतको बेला समस्यामा परेका स्थानीयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु धेरै राम्रो भएको वडाअध्यक्ष शंकर कँडेलले बताए।

कोरोना महामारीबाट स्थानीयको स्वास्थ्य जोखिममा परेको बेला साथ दिन आफू घरदैलोमा आएको व्यवसायी श्रेष्ठले बताए। मदिरालगायत पर्यटन व्यवसाय सञ्चालनसँगै राजनीति र समाज सेवामा सक्रियता जनाउँदै आइरहेका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता हुन्।



लोकपाटी न्यूज

