गण्डकी प्रदेश सभामा २ सांसद रहेका जसपालाई दुई मत्रालय दिने सहमति

लोकपाटी न्यूज

काठमाडाैँ। गण्डकी प्रदेश सभामा २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) लाई २ मन्त्रालय दिने सहमतिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हस्ताक्षर गरेका छन्।

विश्वासको मत लिने दिन शुक्रवार मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थ सहित ४ मन्त्रालय दिने सहमति गरेका हुन्। सहमति पत्रमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पोखरेल र जसपाका हरिशरण आचार्यले हस्ताक्षर गरेका छन्। मुख्यमन्त्रीको शपथ गरेकै दिन पोखरेलले जसपाका आचार्यसहित ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। दलहरुबीच भागवण्डा मिल्न नसक्दा मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

आन्तरिक मामिला तथा कानून मन्त्रीमा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले दावी गरेका छन्। माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदलाई समेत कांग्रेसले सरकार बनाएको थियो। मुख्यमन्त्री पोखरेलले शुक्रवार नै विश्वासको मत लिइसकेका छन्।

सहमति अनुसार दुई मन्त्रालय दिन आनाकानी गरेको भन्दै जसपाले सहमतिबाट पछि नहट्न मुख्यमन्त्रीलाई दवाव दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्