दिपक मनाङेकाे अभिव्यक्तिप्रति एमालेले माग्याे सरकारसँग जवाफ

लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ।

मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो। शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे। प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए। केही दिनअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्