काठमाडौँ। नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम टैंकर चालक संघका प्रतिनिधि बीच टैंकर चालक, सह-चालकलाई कोभिड -१९ विरूद्धको खोप लगाउने सहमति भएको छ। आयल निगमले जारी गरेको परिचयपत्रको आधारमा निगमको प्रादेशिक कार्यालय, थानकोटबाट संचालित टैंकर चालक र सह-चालकलाई कोभिड-१९ को खोप लगाउने सहमति भएको निगमले जनाएको छ।
निगमका प्रवत्ता ई. बिनित मणि उपाध्यायका अनुसार,मँगलबार भएको छलफलमा नेपाल पेट्रोलियम टैँकर चालक संघले निगमको वागमति प्रादेशिक कार्यालय, थानकोट तथा २ नं. प्रादेशिक कार्यालय, अमलेखगञ्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा विक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजबाटै फिर्ता लिई टैंकर संचालन सुरू गरि डिपो अपरेशनको कार्य सुचारू गर्ने सहमति पनि भएको छ।
उनले निगमको १ नं. प्रादेशिक कार्यालय, विराटनगर; लुम्विनि प्रादेशिक कार्यालय, भलवारी, भैरहवा; इन्धन डिपो, नेपालगञ्ज; शाखा कार्यालय, चारआलीमा टैंकर चालक, सह-चालकहरूलाई खोप लगाउने कार्य सम्पन्न भई सकेको पनि जानकारी दिए। निगमले एक विज्ञप्ती जारी गर्दै जनकपुर, पोखरा तथा अमलेखगज्न डिपोमा अहिले खोप लगाउने कार्यक्रम भैरहेको जनाएको छ। त्यस्तै निगमसँग आवद्ध एल.पि. ग्याँस उद्योगी, ग्यास विक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरहरूलाई क्रमिक रूपमा खोप लगाईदै जाने सहमति भएको पनि निगमले विज्ञप्तीमार्फत जनाएको छ।





लोकपाटी न्यूज

