पोखरा। गण्डकी प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ। सोमबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्न स्वास्थ्य क्षेत्रको विकास र स्तरोन्नति गरिने उल्लेख छ।
गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रविन्दु र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश पर्यटन गुरुयोजनाको पुनरावलोकन गरिने जनाइएको छ।
पौडेलले गण्डकी विश्वविद्यालयमा ५०० शैयाको शिक्षण अस्पताल ९३५० बेडको जनरल अस्पताल, ५० बेडको मुटु, ५० बेडको मृगौला र ५० बेडको अर्बुद रोग उपचार वार्ड० स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरिन्। यसैगरी महिलाको स्तन क्यान्सर, पाठेघर क्यान्सर र आङ खस्ने (प्रोल्याप्स) को उपचारमा तत्काल तथ्यांक संकलन गरी तिनीहरुको निशुल्क उपचारको व्यवस्था मिलाइने बताइन्।
यस्ताे छ गण्डकी सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ:-
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/06/गण्डकी-प्रदेश-सरकार-नीति-कार्यक्रम-1.pdf”]



लोकपाटी न्यूज

